वीरगन्ज :

६ वर्षीया बालिकामाथि कुटपिटको आरोपमा सौतेनी आमा पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.4kViews
1460 Shares

मकवानपुर,३१ जेठ । ६ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा मकवानपुर प्रहरीले एक सौतेनी आमालाई पक्राउ गरेको छ। पक्राउ परेकी महिला मनहरी गाउँपालिका–९ रजैयाकी स्थायी बासिन्दा तथा हाल हेटौंडा–३ बसामाडीमा बस्दै आएकी २४ वर्षीया सुन्तली तामाङ हुन्।

प्रहरीका अनुसार सौतेनी छोरीमाथि कुटपिट भएको भन्दै परेको उजुरीका आधारमा सुन्तलीलाई शुक्रबार बसामाडीबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले सुन्तलीमाथि बालबालिकासँग सम्बन्धित कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ। प्रारम्भिक अनुसन्धानपछि मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

प्रहरीका अनुसार बालबालिकामाथि हिंसा सहन नपाइने विषय हो र घटनाको गम्भीरता हेरेर कानुनी कारबाही अगाडि बढाइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *