वीरगन्ज :

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.8kViews
1285 Shares

सर्लाही,२० जेठ । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। कटानीबाट कडरिया टोलतर्फ गइरहेको ना.४६प.२८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको दाहिने साइडबाट झण्डै ३ मिटर तल खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार, दुर्घटनामा मलंगवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको छ। रायको टाउको, निधार र आँखामा गम्भीर चोट लागेको थियो।

घाइते अवस्थामै उनलाई बरहथवास्थित एक निजी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा आज बिहान ६ बजे चिकित्सकले रायलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा परेको मोटरसाइकल हाल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *