वीरगन्ज :

अब इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत स्वास्थ्य बीमा नवीकरण गर्न मिल्ने

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
1.8kViews
1478 Shares

काठमाडौ,२४ वैशाख । अब बीमितहरूले स्वास्थ्य बीमा नवीकरणका लागि कार्यालय धाउनुपर्ने आवश्यकता हट्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले इसेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता डिजिटल माध्यममार्फत घरमै बसेर स्वास्थ्य बीमा नवीकरण गर्न मिल्ने व्यवस्था लागू गरेको छ।

२०७८ सालको चैत २५ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी बीमित परिवारका सदस्यहरूले अब घरमुलीको बीमा नम्बर प्रयोग गरी नागरिक एपमा लिंक गरेर अनलाइनमार्फत बीमा नवीकरण गर्न सक्नेछन्।

बोर्डले सम्भव भएसम्म सबैले डिजिटल प्रणाली अपनाउन र अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न अनुरोध गरेको छ। यसले सेवा सहज, छरितो र समय बचत हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *