वीरगन्ज :

बुधबारसम्म माग पुरा हुने सञ्चारमन्त्री गुरुङको भनाइ

श्रेणी : प्रदेश

13 hours
Pradeep Sah
2.3kViews
1389 Shares

काठमाडौं,१६ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूको माग चाँडै सम्बोधन हुने स्पष्ट संकेत दिएका छन्। उनका अनुसार शिक्षक महासंघ र सरकारबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ र बुधबारभित्र समाधानमा पुग्ने अपेक्षा गरिएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले शिक्षामन्त्री र शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष तथा महासचिवबीचको वार्ता उत्साहजनक भएको जानकारी पाएपछि आफू आशावादी भएको बताए।

सरकार र शिक्षकबीचको जारी संवादले अब चाँडै निष्कर्ष निकाल्ने सम्भावना देखिएको छ। लामो समयदेखि शिक्षासम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूको माग पूरा भएपछि शिक्षण-शिक्षा नियमित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *