
श्रेणी : प्रदेश
1.6kViews
1684
Shares
बर्दिया,१५ वैशाख । बर्दियाको गुलरिया नगरपालिका–८ स्थित सर्यु सामुदायिक वनमा चितुवाको आक्रमणबाट सोमबार बिहान ९ वर्षीया बालिकाको मृत्यु भएको छ।
गेरुवा गाउँपालिका–६ की मेलिना खड्का काकीसँग घाँस र दाउरा लिन जाँदा चितुवाको आक्रमणमा परेकी थिइन्। प्रहरीका अनुसार घाइते अवस्थामा उनलाई तत्कालै जिल्ला अस्पताल बर्दिया पुर्याइएको भए पनि उपचारका क्रममा ज्यान जोगाउन सकिएन।
प्रहरी उपरीक्षक केदार खनालले बालिकाको मृत्यु पुष्टि गरेका छन्। केही दिनअघि मात्रै मेलिना आफ्नो काकीको घर आएकी थिइन्।
यसअघि पनि बर्दियामा चितुवाको आक्रमणबाट मंसिरयता तीन जनाको ज्यान गइसकेको छ। वन क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा स्थानीयवासीहरूमा त्रास फैलिएको छ।

प्रतिक्रिया