वीरगन्ज :

परवानीपुरमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु

श्रेणी : मधेस

7 hours
Pradeep Sah
2.5kViews
1637 Shares

बीरगन्ज,०९ वैशाख । बीरगन्ज महानगरपालिकाको परवानीपुरमा आज दिउँसो सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बीरगन्ज महानगरपको वडा नम्बर– २१ मा ट्रकले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु हो ।

मृत्यु हुनेमा परवानीपुर गाउँ निवासी प्रदीप गुप्ता रहेको स्थानीय प्रत्यक्षदर्शी मोस्तकिम देवानले बताए । मोटरसाइकलाई ठक्कर दिने ट्रक भने पर्साको परवानीपुर प्रहरी चौकीमा राखिएको छ । उनका अनुसार उक्त ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि सोही बेला सरकारी नम्बरको ट्रयाक्टरलाई पनि ठक्कर दिएको थियो । ट्रयाक्टरमा सामान्य क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको शव भने पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *