वीरगन्ज :

मधेश प्रदेशमा यस वर्ष अहिलेसम्मकै उच्च आन्तरिक राजस्व संकलन

श्रेणी : अर्थ

1 year
Pradeep Sah
2.3kViews
1908 Shares

जनकपुर,२९ साउन । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेर हालसम्मकै उच्च उपलब्धि हासिल गरेको छ।

अर्थ मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार यो रकम सात वर्ष अघिको राजस्व संकलनको भन्दा दोब्बरभन्दा बढी हो। कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधिमा आएको वृद्धिले यो प्रगति सम्भव भएको उनले बताए।

आगामी वर्षहरूको तथ्यांक अनुसार, आव ०७५/७६ मा २ अर्ब ६६ करोड १५ लाख ३६ हजार, ०७६/७७ मा २ अर्ब ७५ करोड ७२ लाख ४१ हजार, ०७७/७८ मा १ अर्ब ९५ करोड ४८ लाख ५१ हजार, ०७८/७९ मा २ अर्ब ८८ करोड ६ लाख ३२ हजार, ०७९/८० मा ३ अर्ब ९० करोड २५ लाख २८ हजार र २०८०/८१ मा ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियो।

प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि आन्तरिक राजस्वको दायरा अझ विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *