वीरगन्ज :

सिरहाली युवाहरूको अस्पताल प्रशासनलाई १९ बुँदे ज्ञापनपत्र

श्रेणी : मधेस

4 months
Pradeep Sah
1.7kViews
1748 Shares

सिरहा,०८ बैशाख । सिरहाली युवाहरुको एक समूहले सोमबार प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सुनिल कुमार कुशवाहालाई अस्पताल सुधारको माग राखि ज्ञापन पत्र बुझाएका छन् ।

सिरहा नगरपालिका वडा –६ का वडा अध्यक्ष इन्द्रजित गोठिया यादवको विशेष पहलमा युवाको समूहले प्रादेशिक अस्पतालमा भइरहेको चरम भ्रष्टाचार, अनियमिता, औषधिमा खरिदमा कमिसनको चलखेल, राज्यको रकम हिनामिना तथा सेवाग्राहीले भोग्नु परेको दुःख कष्टको विरुद्धमा १९ बुँदे माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

समूहले अस्पतालका मेसु डा. सुनिल कुमार कुशवाहालाई कार्यालयमै पुगेर उक्त माग समेटिएको ज्ञापनपत्र बुझाएको हो । सिरहाको सचेत सिरहाली युवाहरु नामक समूहले उक्त ज्ञापनपत्रमार्फत अस्पतालमा व्याप्त अनियमितता र अव्यवस्थाको तत्काल अन्त्य हुनुपर्ने माग राखी सुधार गर्न तीन दिने अल्टिमेटम पनि दिएको वडाअध्यक्ष यादवले बताए ।

ज्ञापनपत्रमा विगत विगत तीन आर्थिक वर्षमा खरिद भएको औषधिहरुको हिसाव, विरामीलाइ वितरण भएको औषधिको तथ्यांक, म्याद सकिएको औषधिको तथ्यांक, खरिद भएको ल्याबको समान र रिऐजन्टहरुको हिसाव किताब, आमा सुरक्षा कार्यक्रमको हिसाव किताव, उपचार गराएका बिरामीहरुको नामावली, सिरहा प्रादेशिक अस्पतालको हालसम्मको सम्पूर्ण कर्मचारीहरुको नामावलीसहितको नियुक्ति प्रक्रियाको कागजातहरु माग गरिएको छ ।

सिरहा प्रादेशिक अस्पतालमा रहेको मेसिन, सटर, झ्याल, ढोकाजस्ता काठजस्य अन्य समानहरुको हिसाब, बिरामीको पुर्जी काट्ने काउन्टर र फार्मेसी काउन्टरबाट जम्मा भएको रकमको हिसाब, निशुल्क र शुल्क लाग्ने औषधिहरुको विवरण, विगत ३ वर्षदेखि हालसम्म भएको खर्चको बैंक स्टेटमेन्ट, अस्पतालमा कार्यरत कर्मचारीहरु तलव भत्ता प्रत्येक महिना दिने व्यवस्था मिलाउने, प्रत्येक कर्मचारीहरुको ड्रेस कोडको व्यवस्था, सरसफाइ तथा सम्पूर्ण कर्मचारीको नामावली र समय तालिका सहित सूचनापाटी टास हुनु पर्ने व्यवस्था, विद्युत व्यवस्थापन तथा ब्लड बैंकको व्यवस्थानलगायतको माग गरिएको छ ।

त्यसैगरी अस्पतालको पारामिटर, मे.सु. र अध्यक्ष दिनहु कार्यालयमा बस्ने व्यवस्था, प्रत्येक महिनामा रेफेर भएका बिरामीहरुको तथ्यांक, औषधि वितरण गरेको तथ्यांक, शल्यक्रिया गरिएका बिरामीको तथ्यांक, मृत्यु भएकाको तथ्यांक र ओपिडिमा जाँच गराएको सूचनापाटीमा टाँससहित पारदर्शिता गर्नु पर्ने, सिरहा प्रादेशिक अस्पतालको शीर्षक बमोजिकको आम्दनी र खर्चको विवरण र दरबन्दी रहेको कर्मचारीहरुको काज फिर्ता जस्ता माग बिज्ञप्तीमार्फत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *