वीरगन्ज :

बीरगन्ज जेसिजको स्वास्थ्य शिविरबाट १७५ जनाले पाए निशुल्क सेवा

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1647 Shares

बीरगन्ज,०४ वैशाख । बीरगन्ज जेसिजले बिहीबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना स्थानीयवासीले लाभ लिएका छन्। बीरगन्ज जेसिज २०२५ अन्तर्गत सञ्चालन भएको सप्ताहव्यापी कार्यक्रमको हिस्साका रूपमा आयोजित उक्त शिविरमा रक्तचाप तथा मधुमेह परीक्षण गरियो।

शिविर बीरगन्ज जेसिज सचिवालयअगाडि सम्पन्न भएको हो। कार्यक्रम सफल बनाउन एभरग्रिन नर्सिङ कलेज र नेपाल फर्मास्युटिकल्स एशोसिएसनले प्राविधिक सहयोग गरेका थिए।

बीरगन्ज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू मधु राणा, उषा शाह, सन्तोष खनाल, निशान्त लामिछाने, गणेशमान श्रेष्ठ तथा डा. अरविन्द श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसअघि जेसिजले वीरगन्जका प्रतिभावान कलाकारलाई सम्मान गर्दै, वीरगन्ज पब्लिक कलेजका ४० जना विद्यार्थीलाई नेतृत्व तथा उत्प्रेरणा तालिमसमेत प्रदान गरिसकेको अध्यक्ष चौरसियाले बताए ।

बीरगन्ज जेसिजले आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *