वीरगन्ज :

आजदेखि तीन दिनसम्म वर्षाको सम्भावना

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
2.4kViews
1983 Shares

काठमाडौं,०४ वैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशका विभिन्न भागमा लगातार तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ।

मौसमविद् हरि प्रसाद दाहालका अनुसार हाल मुलुकमा वायुमण्डलीय गतिविधि सक्रिय हुँदै गएकाले आगामी दिनहरूमा वर्षा बढ्न सक्ने देखिएको छ। खासगरी बाली काट्ने मौसम भएकाले विभागले किसानहरूलाई मौसमबारे जानकारी लिएर मात्र काम गर्न आग्रह गरेको छ।

“अहिले गहुँ, मुसुरो जस्ता बाली भित्र्याउने समय हो,” दाहालले भने, “वर्षाको सम्भावना भएकाले मौसम हेरेर मात्र बाली काट्नुपर्छ।”

मौसम विभागका अनुसार कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। त्यसैगरी, देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

विभागले कृषि क्षेत्रका साथै सामान्य जनतालाई समेत आवश्यक सतर्कता अपनाउन र मौसमबारे अपडेट जानकारी लिन अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *