श्रेणी : प्रदेश
      1.8kViews
      
      
      1522
      Shares
      
      
मकवानपुर,०४ वैशाख । पूर्व–पश्चिम राजमार्गको मनहरी गाउँपालिका–६, सुनाचुरी नजिक आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।
इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस करिब १० मिटर सडकबाट तल खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी चितवन अस्पताल पठाइएको प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए।
बस चालक २९ वर्षीय राकेश चौधरी, बाराको कोल्बी नगरपालिका–११ निवासी, हाल प्रहरीको नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
दुर्घटनाको कारण भने अझै खुलाइएको छैन।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया