वीरगन्ज :

भारत–पाकिस्तान युद्धविरामपछि बन्द भएका विमानस्थल पुनः सञ्चालनमा

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
Pradeep Sah
2.4kViews
1168 Shares

काठमाडौ,२९ वैशाख । भारत–पाकिस्तानबीचको तनाव कम भएसँगै भारतले मे ७ देखि अस्थायी रूपमा बन्द गरिएका ३२ वटा विमानस्थल सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ।

जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंककारी हमलापछि भारतले सुरक्षा कारण देखाउँदै ती विमानस्थलहरू बन्द गरेको थियो। घटनामा २६ जना पर्यटकको ज्यान गएपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो। त्यसपछि दुवै देशबीच बढ्दो विवादलाई थाम्न युद्धविरामको सहमति भएको हो।

भारतीय विमानस्थल प्राधिकरणले सोमबार विज्ञप्ति जारी गर्दै बिहान ५ः२९ बजेबाट विमानस्थल सञ्चालनमा ल्याइएको जानकारी दिएको छ। यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क राख्न सुझाव दिइएको छ।

इन्डिगो एयरलाइन्सले पनि सामाजिक सञ्जालमार्फत ट्राभल एड्भाइजरी सार्वजनिक गर्दै सबै विमानस्थलबाट नागरिक उडानहरू पुनः सुरु गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *