वीरगन्ज :

ज्येष्ठ सदस्य केसी शपथमा, भोलि सांसदहरूको पालो

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.3kViews
1355 Shares

काठमाडौँ,११ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बिहान ११:१५ बजे हुने कार्यक्रममा केसीलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उनी नेपाली काँग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।

निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना गरी कुल २७५ सांसद निर्वाचित भएका छन्।

ज्येष्ठ सदस्यको हैसियतमा केसीले प्रतिनिधिसभाका अन्य निर्वाचित सांसदहरूलाई चैत १२ गते पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *