वीरगन्ज :

वीरगन्जमा निशुल्क कान शल्यक्रिया शिविर सम्पन्न, ९० जनाकाे शल्यक्रिया

श्रेणी : मधेस

12 months
Pradeep Sah
2.4kViews
1822 Shares

वीरगन्ज,१४ चैत। रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा निशुल्क कान शल्यक्रिया (अप्रेशन) शिविर सम्पन्न भएको छ। शिविर वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरीस्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान उपचार केन्द्र पर्सामा सम्पन्न भएको हो।

चैत ११ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमा ११० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ९० जनाको कानको सफल शल्यक्रिया गरिएको आयोजक संस्थाले जनाएको छ। पुरुष ३१ जना, महिला ४२ जना तथा बालबालिका समेत गरी ९० जनाले शल्यक्रिया गराएका छन्।

कार्यक्रम रिलिफ सोसाइटी अफ कमर्स पर्सा, वीरगन्जका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षता तथा प्रमुख अतिथि मुर्लीधर रूंगटाको उपस्थितिमा सम्पन्न भएको थियो।

नारायण रूंगटा (उपाध्यक्ष, रिलिफ सोसाइटी अफ कमर्स वीरगञ्ज पर्सा, जगदीश प्रसाद शर्मा (प्रतीक दैनिकका सञ्चालक एवं वरिष्ठ सञ्चारकर्मी, गणेश लाठ (पूर्व अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ एवं वरिष्ठ समाजसेवी, रमेश चौधरी (अध्यक्ष, सामुदायिक प्रहरी सेवा, कुम्हालटोल, असोक कुमार लाठ (पूर्व अध्यक्ष, सामुदायिक प्रहरी सेवा, कुम्हालटोल, प्रोफेसर डा. बिमल कुमार सिन्हा, पशुपति विक्रम राणा, उषा शाह थिए।

रिलिफ सोसाइटी अफ कमर्स वीरगन्ज पर्साका महासचिव निरज अग्रवालका अनुसार, अहिलेसम्म १ हजारभन्दा बढी व्यक्तिले निशुल्क कान शल्यक्रियाबाट लाभ लिएका छन्।

शिविरमा बारा, पर्सा, रौतहट लगायतका जिल्लाका बिरामीहरूसँगै छिमेकी राष्ट्र भारतबाट समेत बिरामी आएर उपचार गराएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको सञ्चालन रिलिफ सोसाइटी अफ कमर्स वीरगन्ज पर्साका महासचिव निरज अग्रवालले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *