वीरगन्ज :

लाल मोहम्मद हत्यामा संलग्न गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

श्रेणी : अपराध

7 months
Pradeep Sah
2.3kViews
1696 Shares

जनकपुर,११ चैत । सर्लाहीका लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुड्डु पटेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश तीर्थराज केसीको एकल इजलासले आइतबार उक्त आदेश जारी गरेको हो।

पटेललाई १८ फागुनमा उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको थियो। मोहम्मदलाई २०७९ असोज ३ गते अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए। मोहम्मद सर्लाहीको गोडैता नगरपालिका-१०, मनहर्वाका स्थायी बासिन्दा थिए र त्यसवेला गोठाटारमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै थिए।

मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाएको थियो। यसअघि हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मदको हत्या पछि यो प्रकरणले नयाँ मोड लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *