वीरगन्ज :

आज बिहानैदेखि राजविराज बजार बन्द

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.1kViews
1070 Shares

जनकपुर,१८ फागुन ।  राजविराज–बिटौरी तथा ब्लक जग्गाधनीहरुले आइतबार बिहानैदेखि सप्तरीको राजविराज बजार बन्द गरेका छन् ।

राजविराज नगर स्थापना हुँदाका बेला नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै बिटौरी तथा ब्लक जग्गाको लालपुर्जा माग्दै बिटौरी जग्गाधनीहरुले बिहानैबाट बजार बन्द गराएका हुन् ।

बिटौरी जग्गाधनीहरुले गराएको बन्दका कारण राजविराजमा औषधि पसलबाहेक सबै पसलहरु बन्द छन् । आइतबार १ बजेसम्म बजार बन्द गरिएको हो । उनीहरुले बिहानैदेखि राजविराजमा प्रदर्शन गर्दै बजार बन्द गराइरहेका छन् ।
बन्दकर्ताहरुले राजविराजका अन्य समस्याहरु पनि समाधानको माग गरेका छन् । राजविराज हटियामा निर्माणाधीन व्यवसायीक कम्प्लेक्स अबिलम्व निर्माण हुनुपर्ने, नयाँ बसपार्क सञ्चालन हुनुपर्ने, नगरका निर्माणाधीन सडकहरुको काम सक्नुपर्ने लगायतका माग छन् ।

यस्तै साकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नति, कन्या छात्रावासको निर्माण र राजविराजको सिसिटिभी क्यामेरा प्रकरणका दोषीलाईसमेत कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *