वीरगन्ज :

खोटाङको हलेसीमा आगलागी

श्रेणी : अर्थ

7 months
Pradeep Sah
2.9kViews
1265 Shares

काठमाडौं, ०५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी बजारका विभिन्न घरमा आइतबार बेलुका भएको आगलागिबाट ७ करोड ३० लाख क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार स्थानीय पदमशेर राईको घरबाट आइतबार बेलुकी आगलागी सुरु भएको थियो ।

घरको पहिलो तलामा रहेको हार्डवेयर पसल र सोही घरमा रहेको निर्धन उत्थान लघुबित्त कार्यालय पूर्णरुपमा क्षति भएको छ ।

सोही ठाउँस्थित आइरख राईको न्यु कल्याण होटल र घर, प्रकाश चन्द्र गिरीको हलेसी दर्शन होटल र भरणशेर राईको पारूहाङ होटलमा समेत आगलागी भएको छ । आगलागीमा करिब ७ करोड ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *