वीरगन्ज :

स्वशासनका लागि राष्ट्रिय परिषद् गठन, स्वायत्तता अभ्यास गर्ने घोषणा

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.7kViews
1516 Shares

काठमाडौँ, २६ माघ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले नेवा: स्वशासन अभ्यासका लागि नेवा: राष्ट्रिय परिषद् गठन गरेको छ। नेपा: मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा गठन भएको १५ सदस्यीय सचिवालयमा रवीन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जिवपती श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान र बेबि राजभण्डारी रहेका छन् ।

परिषद्का संयोजक सायमीले नेवा: सभ्यतालाई औपनिवेशिक प्रभावबाट मुक्त गरेर स्वशासनको अभ्यास गर्ने उद्देश्यले परिषद् गठन गरिएको बताए। उनले नेवा: सभ्यता विश्वकै प्राचीन सभ्यतामध्ये एक रहेको र यसले विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदालाई समृद्ध गरेको उल्लेख गरे ।

स्वशासनको अवधारणा अनुसार परिषद्ले विधि शास्त्र र न्याय शास्त्रको आधारमा नेवा: स्वशासन विधान छिट्टै घोषणा गर्ने योजना रहेको जनाइएको छ ।

राष्ट्रिय मुक्ति पार्टीले नेवा: बाहेक थारु, मधेस, मगर, तामाङ, तमु, शेर्पा, ब्राह्मण लगायतका समुदायका लागि पनि स्वायत्त परिषद् गठनको तयारी गरिरहेको छ। पार्टी अध्यक्ष महतोका अनुसार यी परिषद्हरूले आफ्नै विधान, नीति र कानुन बनाएर समुदायअनुसार सत्ता अभ्यास गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *