वीरगन्ज :

सामाजिक सञ्जाल नियमन विधेयकप्रति मानव अधिकार तथा शान्ति समाजको विरोध

सामाजिक सञ्जाल नियमन विधेयकप्रति मानव अधिकार तथा शान्ति समाजको विरोध

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.1kViews
1091 Shares

काठमाडौँ, २३ माघ । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन विधेयकलाई प्रतिगामी भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ। बुधबार सभापति रेनुका पौडेलको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विधेयकका केही प्रावधानले संविधान प्रदत्त मौलिक हक तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने भन्दै देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

समाजले सूचना प्रविधि तथा सामाजिक सञ्जालको पहुँचलाई प्रोत्साहित गर्नुको सट्टा यो विधेयकले नागरिकलाई निरुत्साहित गर्ने खतराप्रति चिन्ता व्यक्त गरेको छ। विधेयक अघि बढाउनु अघि सरोकारवालासँग व्यापक परामर्श गर्न समाजले सरकारलाई आग्रह गरेको छ।

बैठकले नयाँ पदाधिकारी मनोनयनसमेत गरेको छ। नम्रता खरेल, रुपा पुडासैनी, सीता यरी, रोजिना विष्ट, रत्ना कँडेल र मणिराम दाहाल केन्द्रीय कार्यसमितिका नयाँ सदस्य बनेका छन्।

अनुशासन समितिको संयोजकमा कृष्णबहादुर रावल र सदस्यहरूमा दिलबहादुर कार्की तथा प्रतिमा महतो मनोनीत भएका छन्। यस्तै, सदस्यता अपिल समितिमा किरण ढकाल संयोजक तथा खिम भट्टराई र सानु लामा सदस्य रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *