वीरगन्ज :

स्रोत नखुलेको ३९ लाख ७८ हजार नगदसहित १ जना पक्राउ

श्रेणी : अपराध

1 week
Pradeep Sah
1.6kViews
1105 Shares

काठमाडौं,१४ माघ । काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँ र दुई थान मोबाइलसहित ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ।

चितवनको भरतपुर महानगरपालिका-१५ का निवासी श्रेष्ठ हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई नगद र मोबाइलसहित पक्राउ गरेको हो।

यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *