वीरगन्ज :

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.5kViews
1884 Shares

धरान,०८ माघ । धरान उपमहानगरपालिका–११ स्थित कुर्विता चोकमा मिनी ट्रकको ठक्करबाट ८६ वर्षीय पैदलयात्री वीरबहादुर विश्वकर्माको मृत्यु भएको छ।

प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गर्दा विश्वकर्मालाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता रामप्रसाद तिमल्सिनाका अनुसार, ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।

ट्रक चालक सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *