श्रेणी : मधेस
वीरगंज । निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन प्याब्सनद्वारा सन्चालित प्याब्सन प्रि–एसइई परीक्षा २०८१ आजबाट देशभर शुरु भएको छ । प्याब्सन केन्द्रले सन्चालन गरेको सो परीक्षा अन्तर्गत आज पहिलो दिन अनिवार्य अंग्रेजी विषय परीक्षा सन्चालन भईरहेको छ ।
प्याब्सन पर्साले पनि पर्सा जिल्लामा सोही अनुसार परीक्षा सन्चालन गरेको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिए । आजबाट शुरु भएको प्याब्सन प्रि–एसइई परीक्षा २०८१ मा पर्साका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएको उनले जानकारी दिए ।
एसइईको तयारी स्वरुप प्याब्सन प्रि एसइई परीक्षा सन्चालन गरिएकाले पर्सामा सोही अुनरुपमा पाँच परीक्षा केन्द्र तोकेर परीक्षा सन्चालन गरिएको उनले बताए ।
साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र वीरगंज पब्लिक इंग्लिस स्कुलमा तोकिएका परीक्षा केन्द्र मार्फत परीक्षा सन्चालन भईरहेको चौधरीले बताए ।
प्रतिक्रिया