काठमाडौँ,३० असार । नागरिक एपमा ‘रक्त सूचना’ सेवा थपिएसँगै अब देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दात वास्तविक समयमा हेर्न सकिने भएको छ।
नयाँ सुविधामार्फत प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसले देशभरका ब्लड बैंकको विवरण एकीकृत रूपमा उपलब्ध गराउनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा प्रविधिको प्रयोग बढाउँदै सेवा पहुँचलाई प्रभावकारी, पारदर्शी र सहज बनाउने उद्देश्यले ‘रक्त सूचना’ पोर्टललाई नागरिक एपसँग एकीकृत गरिएको हो।
मन्त्रालयले यो सेवाबाट आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापन थप व्यवस्थित बन्ने र देशभरका रक्तसञ्चार केन्द्रबीच समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया