वीरगन्ज :

बारामा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
2.6kViews
1871 Shares

बीरगन्ज,२६ पुस । बारा प्रहरीले प्रसौनी गाँउपालिका वडा नं. ५ प्रष्टोकाबाट लागूऔषध गाजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बोलेरो चालक भारत, उत्तर प्रदेश, जिल्ला कोशिनगर,थाना पटेर्वा ग्राम पञ्चायत जवरा बजार श्री दुबेअमवा बस्ने बर्ष ३८ को धर्मेन्द्र गुप्ता,भारत उत्तर प्रदेश, जिल्ला शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने बर्ष ४८ को चन्द्र भान कुशवाहा,भारत उत्तर प्रदेश, जिल्ला लखनउ,नगरपालिका लखनउ भाता सरोजनीनगर एण्ड डे ए कोलोनी ट्रान्सपोर्ट नगर बस्ने अन्दाजी बर्ष ३२ को चन्द्रभान श्रीवास्तव रहेको बाराका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गाँउपालिका वडा नं.–५ प्रष्टोकाबाट बेलहिया तर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको युपी ३२ बियक्स ४७२६ नम्बरको बोलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई लगी रहेको १० केजी लागू औषध गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि लागू औषध सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *