वीरगन्ज :

नेप्से ६ अंकले बढ्यो

श्रेणी : प्रदेश

9 months
Pradeep Sah
1.8kViews
1350 Shares

काठमाण्डाैं,२३ पुस । हिजो ४९ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव १६ अङ्कले बढेर दुई हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *