वीरगन्ज :

भाइ बुहारीको हत्यारा १६ वर्षपछि पक्राउ

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.6kViews
1416 Shares

वीरगन्ज,२० पुुस । भाइ बुहारीको हत्यामा संलग्न भई १६ वर्षदेखि फरार रहेका कटहरिया नगरपालिका–१ का ५२ वर्षीय जितन महतो नुनिया पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सह-प्रवक्ता इन्स्पेक्टर उमाशङ्कर प्रसादका अनुसार, पक्राउ परेका जितन महतोलाई जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

महतोले २०६५ साल पुस २४ गते आफ्ना भाइ हरिराम महतोकी श्रीमती २२ वर्षीय शारदा देवीको हत्या गरी शव बेपत्ता पारेका थिए । घटनाको अनुसन्धानका क्रममा पुस २७ गते शारदाको शव खेतमा गाडेको अवस्थामा फेला परेको थियो ।

घटनापछि फरार भएका महतोलाई प्रहरीले लामो समयको खोजीपछि १६ वर्षपछि पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *