वीरगन्ज :

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.4kViews
1281 Shares

वीरगंज (पर्सा), १५ असार । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–२४ रमगढवाबाट बन्धक बनाइएकी एक भारतीय युवतीको उद्धार गरेको छ । घटनामा संलग्न भनिएका युवक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतको बिहार राज्य मोतिहारीकी २५ वर्षीया निमुत कुमारीलाई छपरा निवासी अन्दाजी २५ वर्षीय चन्दन कुमारले गत अप्रिल २ देखि जबरजस्ती राखेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो ।

युवतीले आफ्ना बुबालाई मोबाइलमार्फत आफू बन्धकमा रहेको जानकारी दिएपछि ‘आफन्त नेपाल’ र स्थानीयको समन्वयमा प्रहरी टोलीले आइतबार बिहान रमगढवास्थित एक घरबाट उनको सकुशल उद्धार गरेको हो ।

उद्धारपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी युवतीलाई ‘आफन्त नेपाल’को जिम्मा लगाइएको प्रहरीले जनाएको छ । फरार रहेका चन्दन कुमारको खोजी तीव्र पारिएको र पक्राउपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *