वीरगन्ज :

जनकपुर बोल्ट्सको ऐतिहासिक जितको खुसीमा सखुवा प्रसौनीमा आज सार्वजनिक बिदा

श्रेणी : मधेस

18 hours
Pradeep Sah
1.7kViews
1827 Shares

बीरगन्ज,०७ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार (पुस ७) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेकाले गाउँपालिकाले आज बसेको कार्यपालिका बैठकमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष यशवन्त यादवका अनुसार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्यचौकीमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा आइतबार बन्द रहनेछन्।

शनिबार टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक एनपीएलको उपाधि जितेको थियो। मंसिर १६ देखि सुरु भएको यस प्रतियोगितामा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरेका थिए।

जनकपुर बोल्ट्सको ऐतिहासिक जितले क्षेत्रीय खेलकुदको महत्त्व झल्काएको भन्दै गाउँपालिका भित्र उत्सवको माहोल छ। स्थानीयहरूले यस उपलब्धिलाई आगामी दिनमा खेलकुद विकासका लागि प्रेरणा हुने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *