वीरगन्ज :

वीरगंज प्रदेश प्रहरी कार्यालयमा एसएसपी पल्ली मगरको आगमनसँगै नयाँ नेतृत्व

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.5kViews
1527 Shares

वीरगंज (पर्सा), १ असार । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखका रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले सोमबार पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयको निर्णयअनुसार सरुवा भई वीरगञ्ज आएका मगरले औपचारिक रूपमा कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । नेपाल सरकार, गृह मन्त्रालयको २०८३ जेठ १२ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभाग, नक्सालबाट सरुवा भई आएका एसएसपी मगरलाई कार्यालयमा प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षकहरू हरिबहादुर बस्नेत र राजु कार्की तथा प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक ओमप्रकाश यादवलगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार मगरले सोमबार नै कार्यालय प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन् । यसअघि प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्व गरिरहेका एसएसपी शान्तिराज कोईरालालाई नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १८ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको थियो। कोईरालाको स्थानमा मगरलाई जिम्मेवारी दिइएको हो ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हालैको सरुवा सूचीअनुसार गृह मन्त्रालयको निर्णयबमोजिम देशभरका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको थियो । सोही निर्णयअन्तर्गत एसएसपी मगरलाई प्रदेश प्रहरी कार्यालय वीरगञ्जको प्रमुखका रूपमा खटाइएको हो । नयाँ नेतृत्वसँगै प्रदेश प्रहरी कार्यालय वीरगञ्जको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा संगठनात्मक कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *