वीरगन्ज :

लागुऔषध गाँजासहित २ जना पक्राउ

श्रेणी : मधेस

9 months
Pradeep Sah
1.6kViews
1697 Shares

जनकपुर,०१ पुस । सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट अवैध लागूऔषध गाँजासहति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरीले प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा एक सय २३ किलो ३ सय ९० ग्राम गाँजा फेला परेको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

यसैगरी, चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट अवैध लागूऔषध गाँजा दुई किलो ८ सय ६४ ग्रामसहित सोही ठाउँ बस्ने ४६ वर्षीय सरद लम्साललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले लम्साललाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *