वीरगन्ज :

करिब ५ करोड मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.8kViews
1616 Shares

वीरगंज (पर्सा), २५ साउन । पर्सा प्रहरीले वीरगंजबाट पौने पाँच करोड बढि मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगंज महानगरको रेल्वेरोड स्थित रहेको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी प्रहरीले भेप करिब ४ करोड मूल्य बराबरको भेप बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पक्की घरमा कोठा भाडामा लिई बस्दै आएका भारत विहारका सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको भेप प्रहरीले बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले जानकारी दिए ।

उनका अनुसार भन्सारबाट ४ वटा भेप फेला परेपछि प्रहरी खोजविनमा लागेको थियो । खोजविन गर्दै जाँदा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको राखिएको अवस्थामा भेप बरामद भएको उनको भनाई छ । पर्सा प्रहरीले पहिलोपटक वीरगंजबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको हो ।

प्रहरीका अनुसार एउटा कार्टुनमा २ सय पिस भेप रहेको पाइएको छ । गोदाममा राखिएको ७६ कार्टुनमा करिब १५ हजार २ सय पिस भेप रहेको छ । बरामद भेपको बजार मूल्य ४ करोड ८६ लाख २४ हजार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *