
श्रेणी : अन्तर्राष्ट्रिय
वीरगन्ज, २४ चैत । लायन्स क्लबले पर्सा र रौतहटका ७ जनालाई ह्वील चेयर प्रदान गरेको छ । क्लबले शनिबार पर्साका ४ जना र रौतहटका ३ जनालाई ह्वील चेयर प्रदान गरेको लायन गोबिन्दा प्रसाद कानुले जानकारी दिए ।
ह्वीयल चेयर नहुदाँ सातै जना अशक्तहरुको दैनिक जिवयनयापन कष्कटर रुपमा बितिइरहेको खबर पाएपछि पहल गरेर लायन्स क्लबबाट उनिहरुलाई ह्वील चेयर उपलब्ध गराइएको उनले वताए ।
वीरगंजमा आयोजित लायन्स क्लबको दोश्रो बार्षिक जिल्ला सम्मेलनमा क्लबका पदाधिकारीहरुले बहुदरमाई नगरपालिका वडा नम्बर ४ का डोकैला बहुवरीका ठाकुर प्रसाद पंडित, डकैला बहुवरीका नगनारायण महतो नुनिया, वडा नम्बर ५ भौराटारका राकेश प्रसाद यादव र वडा नम्बर ६ का कृष्ण प्रसाद यादवलाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् ।
यसैगरी रौतहटको पोठियाहीका दिनेश साह कानु, चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ८ बसन्तपुरका जोखन महरा चमार र गदमिाई नगरपालिका ९ इनारवाका रेश्मा कुमारी रामलाई पनि ह्वील चेयर सहयोग गरेको हो ।


प्रतिक्रिया