वीरगन्ज :

पर्सा प्रहरीद्वारा फागुन महिनामा ९३ जना फरार प्रतिवादी पक्राउ

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.1kViews
1046 Shares

वीरगंज । पर्सा प्रहरीले फागुन महिनामा ९३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । गत फागुन महिनामा विभिन्न मुद्दाका ९३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

यसका साथै फागुन महिना मै भन्सार छलीकाे ३ करोड ३१ लाख २ हजार ३ सय २३ बराबरका सामानहरू बरामद गरी गरिएकाे प्रवक्ता थापाले जानकारी वताए ।

विभिन्न मिति, समय तथा स्थानहरू भन्सार छली चोरी पैठारी गरी वीरगंज भित्राउन लागेको चिनी, खाने तेल, चक्लेट, प्याज लगायतका खाद्यान्न मालबस्तुहरू, हार्डवेयर पार्टस, विभिन्न किसिमका लत्ताकपडाहरू, पेयपदार्थ कोल्ड ड्रिंक्स, जुत्ता चप्पल र भाडाकुडा लगायतका सामानहरू  बरामद गरिएकाे थापाले वताए ।

बरामद सामान थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्याले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *