वीरगन्ज :

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
172Views
0 Shares

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । बीबीसीका अनुसार भूकम्पबाट दुई हजार भन्दाबढीको मृत्यु भएको छ भने १४ सय भन्दा बढी घाइते भएका छन् । मृत्यु र घाइते हुनेहरु सबैभन्दा धेरै माराकेशको दक्षिणमा पर्ने प्रान्तका छन् ।

मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट त्यहाँका नागरिक मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार र राहतका काम सँगसँगै गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *