वीरगन्ज :

बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड डलर

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
156Views
0 Shares

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले बताएका छन् ।

केन्द्रीय बैंकका एक अधिकारीले बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२/२३ मा तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा चार अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो ।

यद्यपि रेमिटेन्सले बङ्गलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ । यसवर्ष एकसय भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब एक करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *