वीरगन्ज :

मालपोत कार्यालयको सेवा यथावत् राख्नुपर्ने माग गर्दै प्रर्दशन

श्रेणी : राजनीति

2 years
birgunj report
14Views
0 Shares


काठमाडौं, भदौ २३ गते
बाराको सिम्रौनगढ नगरपालिकामा हालै संचालनमा आएको मालपोत कार्यालयबाट सेवा लिन अपायक भएको भन्दै महागढीमाई नगरपालिका बासिन्दाले सुरु गरेको सदरमुकाम कलैया केन्द्रित आन्दोलन बिहीबार चौथो दिन पनि जारी रहेको छ ।

यसअघि महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्राबिर्ताका बासिन्दाले जिल्ला सदरमुकाम कलैयामा सुरु गरेको प्रदर्शनमा बिहीबार सुवर्ण र देवताल गाउँपालिकाका सेवाग्राही पनि सहभागी बनेका हुन । उनीहरुले पनि कलैयाबाट सिम्रौनगढ सेवा क्षेत्रमा राखिएको विरोध जनाएका छन् । देवताल गाउँपालिकका अध्यक्ष उदय यादवले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर स्थानीयलाई कलैयाबाट नै यथावत सेवा दिने व्यवस्था मिलाउन सोमवार माग गरेका थिए ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलीप शुक्ला र देवताल गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष अरुण सिंहको नेतृत्वमा निस्किएको जुलुसले बुधबार मालपोत र नापी कार्यालयमा पुगेर कार्यालयको सेवा अवरुद्ध बनाएको थियो । नारा जुलुसहित सेवाग्राहीको जुलुस पुगेपछि कार्यलयको काम दिउसो १२ बजेबाट ठप्प बनेको थियो । जुलुसका सहभागीहरूले ुकलैयाबाट यथावत् सेवा दिने व्यवस्था गर, सिम्रौनगढको सेवा चाहिँदैन, जनतालाई अपायक सेवा दिन पाइँदैनु जस्ता नारा लगाएका थिए ।

सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रमा राखिएपछि यस क्षेत्रका बासिन्दा ३ दिनदेखि आन्दोलनमा छन । उनीहरुले यसअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयमा बुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसारको माग पुरा नभएपछि आन्दोलनको घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आन्दोलनकारीका प्रतिनिधिहरूलाई कार्यालयमा बोलाएर बिहीबार सर्वदलीय बैठक बस्ने र सिम्रौनगढमा अपायक परेको भनिएको क्षेत्रका सेवाग्राहीहरूको बारेमा निर्णय लिने बताएको पिप्राबिर्ताका शिक्षक पन्नालाल दासले जानकारी दिए ।

उनले बिहीबारको बस्ने भनिएको सर्वदलीय बैठकको निर्णय अनुसार आन्दोलनको थप कार्यक्रम घोषणा हुने जानकारी पनि दिए । साविकको पिप्राविर्ता गाविसबाट १० मिनेटमा नै पुग्न सकिने कलैयाबाट हटाएर १ घण्टाभन्दा बढी समय लाग्ने सिम्रौनगढमा राखिएकोमा उनीहरुले असहमति जनाउदै आएका छन् ।

त्यसैगरी सुवर्ण र देवतालका बासिन्दाहरुले पनि सिम्रौनगढको तुलनामा आफूहरुलाई सेवा लिन कलैया नै पायक पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *