वीरगन्ज :

संसदबाट आज बजेट पास गर्ने तयारी

श्रेणी : BANNER

2 years
birgunj report
33Views
0 Shares

काठमाडौं । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ । मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन् । गठबन्धनका केही दलले अझै निर्णय गरिसकेका छैनन् ।

मंगलबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । यथास्थितिमा बजेट पास नगर्ने अडान लिएको एकीकृत समाजवादी, जसपा लगायतका दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने निर्णय भएको बताइएको छ ।

सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको बताइएको छ । कांग्रेस र माओवादीले मंगलबार नै सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएका छन् । जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि बजेटका पक्षमा मत दिन आज ह्वीप जारी गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *