वीरगन्ज :

बलात्कारको उजुरी परेपछि सन्दीपलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

श्रेणी : समाचार

4 years
birgunj report
92Views
0 Shares


काठमाडौं, भदौ २२ गते
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि निलम्बनको तयारी गरेको छ। मुद्दा किनारा नलागेसम्म नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्नेको लागि क्यानले आकस्मिक बैठक बोलाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर संघले बैठकमा यस विषयमा निर्णय लिने बताए। कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएसँगै रोहितले नेपालको कप्तानी गरिरहेका छन्। अब उनैलाई कार्यवाहकको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ। क्यानले गत वर्षको मंसीरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो। २९ मंसिर २०७८ मा सन्दीप कप्तान नियुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *