वीरगन्ज :

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

श्रेणी : समाचार

2 years
birgunj report
9Views
0 Shares


काठमाडौं, भदौ २२ गते
एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन् । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए ।

ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *