वीरगन्ज :

नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको सदस्यमा निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको सदस्य निर्वाचित भएको छ। सन् २०२४ देखि २०२६ सम्मका लागि नेपाल सदस्य चुनिएको हो । मतदातमा नेपालले १४५ मत प्राप्त गरेको छ ।

नेपालले एसिया प्यासिफिक समूहमा सबैभन्दा बढी मत प्राप्त गरेको हो यस पटक परिषद सदस्यका लागि १८ नयाँ सदस्यको निर्वाचन भएको थियो । नेपालसँगै पाकिस्तान, जापान, बेलायतलगायत मुलुकहरु पनि सदस्य निर्वाचित भएका छन् । यो परिषद् राष्ट्र संघका ६ प्रमुख अंगहरुमध्ये एक हो । जसमा ५४ सदस्य छन् ।

तिनको चुनाव हरेक वर्ष महासभाले गर्ने गर्छ । सदस्यहरुको तीन वर्षे कार्यकाल हुने गर्छ। त्यसमध्ये एसिया प्यासिफिक क्षेत्रबाट ११ सदस्य रहने गर्छन् । परिषद् अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक मुद्दाहरुमा छलफल गर्ने प्रमुख फोरम मानिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *