
श्रेणी : अन्तर्राष्ट्रिय
14Views
0
Shares
इजरायली सेनाले गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ । इजरायली लडाकु विमानले इमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १३० बढी निशानामा बमबारी गरेको छ ।
प्यालेस्टिनी मिलिसियाले पनि साढे चार सय बढी रकेट इजरायलतर्फ प्रहार गरेको छ । इजरायली सेनाको आक्रमणबाट आफ्नो मिसाइल युनिटका वरिष्ठ कमाण्डर अलि हसन गलीको मृत्यु भएको इस्लामिक जिहादले स्वीकार गरेको छ । इजरायली सेनाले पछिल्ला ३ दिनमा गरेको गाजामा मात्रै करिब ५० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया