वीरगन्ज :

उपचार सकेर नेपाल फर्किए कांग्रेस सांसद चन्द्र भण्डारी

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् । भण्डारी आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

त्रिभुवनमा विमानस्थलमा भण्डारीलाई लिन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत कांग्रेस नेता कार्यकर्ता तथा शुभचिन्तकहरु विमानस्थल पुगेका थिए । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक भएर आगालागी हुँदा गम्भीर घाइते भण्डारीलाई उपचारका लागि भारत लगिएको ।

स्वास्थ्य उपचारपछि आइतबार भण्डारी स्वदेश फर्किएका हुन् । उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो । पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । आगलागीमा परी नेता भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको थियो । नेता भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *