वीरगन्ज :

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटी बुझाएर जेलमुक्त

श्रेणी : समाज

2 years
birgunj report
24Views
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दामा कारगार चलान भएका तीन युवक धरौटी बुझाएर रिहा भएका छन् । 

७ चैतमा नयाँबानेश्वरमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । 

मुद्दामा १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन् । 

उनीहरुलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो । 

उनीहरु रिहा हुनु केही घण्टा अगाडि मंगलबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोधीको मुख थुन्न नपाइने भन्दै तत्काल उनीहरुलाई रिहा गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *