![](https://birgunjreport.com/wp-content/uploads/2023/01/ranjita-samsad-1024x683.jpg)
श्रेणी : राजनीति
13Views
0
Shares
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन् ।
चौधरीका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रूपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ । । श्रेष्ठ कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभाकी सांसद हुन् ।
बिहीबार जसपाले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । उपराष्ट्रपतिका लागि फागुन २७ मा उम्मेदवारी दर्ता हुँदैछ भने चैत ३ गते निर्वाचन हुनेछ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया