वीरगन्ज :

सी तेस्रोपटक चीनको राष्ट्रपति चयन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
67Views
0 Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङ लगातार तेस्रोपटक राष्ट्रपति भएका छन् । चिनियाँ संसद नेशनल पिपल्स कंग्रेस एनपीसीका ३ हजार सदस्यले सीलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा चयन गरेका हुन् । ६९ वर्षका सीका अगाडि कोही पनि उम्मेदवार राष्ट्रपतिको रूपमा खडा नभएपछि सबै सदस्यले उनलाई भोट गरे ।

मतदान प्रक्रिया एक घण्टासम्म चल्दा नतिजा १५ मिनेटमै आएको बीबीसीले जनाएको छ । यससँगै सी माओत्सेतुङपछिकै शक्तिशाली चिनियाँ नेता बन्न सफल भएका छन् । चीनको पहिलो सर्वोच्च नेता माओत्से तुङपछि पहिलोपटक सी यति लामो समयसम्म कम्युनिष्ट पार्टीको शीर्ष नेताको रूपमा पदमा बहाल छन् । सीले चिनियाँ जनमुक्ति सेनाको कमाण्डरको रूपमा यसअघिबाट नै काम गर्न थालिसकेका छन् ।

सिन्ह्वाका अनुसार वित्तीय क्षेत्र, विज्ञान तथा प्रविधि लगायत महत्वपूर्ण निकायमा अब चिनियाँ सरकार हाबी हुनेछ । त्यतिमात्र नभएर निजी क्षेत्रमा पनि चिनियाँ सरकारको प्रभाव बढ्नेछ । एनपीसी बैठकमा निजी संस्थाले पनि कम्युनिस्ट पार्टी मजबुत बनाउन सघाउनु पर्ने विषय समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *