वीरगन्ज :

राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेको सत्ता समीकरण बदलिँदैनः अध्यक्ष ओली

श्रेणी : राष्ट्रिय

2 years
birgunj report
190Views
0 Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताए ।

उनले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैनन् भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए ।

उनले भने, ‘राष्ट्रपति को हुन्छ भन्ने पहिला नै तय छ। अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखिएर आएको छ।’ ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबदलिने पनि बताए ।

फरक प्रसंगमा अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्रसँग के आधारमा सहकार्य हुने भन्दै प्रश्न गरे । उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो ।’

पूर्वराजा शाहले प्रजातन्त्र दिवसमा अवसरमा शनिबार सन्देश जारी गर्दै राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *