वीरगन्ज,२९ असार । लगातारको भारी वर्षा र सडकमा जमेको पानीका कारण वीरगन्जमा सञ्चालन भइरहेको सडक विस्तार तथा अतिक्रमित संरचना हटाउने अभियान केही समयका लागि स्थगित गरिएको छ।
लगातारको वर्षाका कारण निर्माणस्थलमा काम गर्न कठिनाइ हुनुका साथै विद्युत् लाइन काटेर गर्नुपर्ने प्राविधिक प्रक्रिया प्रभावित भएपछि अभियान अस्थायी रूपमा रोकिएको सम्बन्धित पक्षले जनाएको छ।
यसअघि सडक विस्तार अभियानअन्तर्गत डोजर एडभान्स हस्पिटल क्षेत्रसम्म पुगेको छ। सो क्षेत्रमा आवश्यक तयारी पूरा भएपछि संरचना हटाउने र सडक विस्तारको काम अघि बढाइँदै आएको थियो।
अधिकारीहरूका अनुसार हाल मौसम प्रतिकूल रहेकाले काम रोकिएको हो। वर्षा कम भई आवश्यक प्राविधिक व्यवस्थापन पूरा हुनेबित्तिकै सडक विस्तारको कार्य पुनः तीव्र गतिमा सञ्चालन गरिनेछ।
वीरगन्जको मुख्य सडकलाई फराकिलो, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई स्थानीय प्रशासनले निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया