वीरगन्ज :

किशोरीलाई अनुचित यौन प्रस्ताव दिएको आरोपमा होटल सञ्चालक समातिए

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.9kViews
1237 Shares

चितवन,२९ असार । चितवनको खैरहनी नगरपालिकामा रहेको होटेल नमस्ते मिलिजुली खाजा घरमा काम एक किशोरीलाई यौनजन्य गतिविधि गरेको आरोपमा होटल सञ्चालक पक्राउ परेका छन्।

१७ वर्षकी ति किशोरीलाई उक्त होटलका सञ्चालक खैरहनी नगरपालिका-१० का वर्ष ३५ को विकास कुमार श्रेष्ठले सोही होटलको कोठामा बोलाई शारीरिक सम्पर्क गर्न देऊ रु. ५० हजार दिन्छु भनेर प्रलोभन देखाएको प्रहरीको आरोप छ।

किशोरीले इन्कार गर्दा समेत होटेल सञ्चालक श्रेष्ठले यौनजन्य मनसायले पीडितको शरीरको संवेदनशील अङ्ग समेत छोएको साथै पीडितले प्रयोग गर्ने ह्वाट्सएप र इन्स्टाग्राममा श्रेष्ठले प्रयोग गर्ने ह्वाट्सएप र इन्स्टाग्राममाबाट शब्दहरू लेखी सन्देश पठाउने तथा अश्लील भिडियोहरू समेत पठाउने गरेको पाइएको छ।

घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरी उनीमाथि बालबालिकाविरुद्व कसुरमा थप अनुसन्धान कार्य आगाडी बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी चन्द्र भुसन यादवले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *