वीरगन्ज :

बारामा राहदानी सेवामा प्राविधिक अवरोध, धैर्य गर्न प्रशासनको अपिल

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.9kViews
1837 Shares

बीरगन्ज,२९ असार । राहदानी विभागले लागू गरेको नयाँ राहदानी प्रणालीमा प्राविधिक समस्या देखिएपछि बारा जिल्लामा राहदानीसम्बन्धी सेवा अस्थायी रूपमा प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालय, बाराले सोमबार सूचना जारी गर्दै असार २९ गतेदेखि सञ्चालनमा आएको नयाँ प्रणालीमा आएको प्राविधिक समस्याका कारण राहदानी सेवाको नियमित कार्य प्रभावित भएको जनाएको हो।

कार्यालयका अनुसार हाल लाइभ इन्रोलमेन्ट, बायोमेट्रिक विवरण संकलन तथा डाटा प्रोसेसिङ सम्बन्धी सम्पूर्ण कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

प्रशासनले प्राविधिक टोलीले समस्या समाधानका लागि तीव्र रूपमा काम गरिरहेको जनाएको छ। प्रणाली पूर्ण रूपमा सुधार भएपछि सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने पनि सूचनामा उल्लेख गरिएको छ।

प्राविधिक समस्या समाधान नहुँदासम्म राहदानी सेवामा केही ढिलाइ हुन सक्ने भएकाले सेवाग्राहीलाई धैर्य र सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। साथै, सेवा पुनः सञ्चालनसम्बन्धी जानकारी कार्यालयको आधिकारिक सूचना तथा वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *