वीरगन्ज :

समस्याग्रस्त चार सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

श्रेणी : BANNER

57 minutes
Pradeep Sah
1.8kViews
1237 Shares

काठमाडौं,१२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले सोमबार एक सूचना जारी गर्दै विगतमा सरकारद्वारा समस्याग्रस्त घोषणा गरिएका सहकारीका ऋणीहरूको विवरण बाहिर ल्याएको हो।

विवरण सार्वजनिक गरिएका संस्थाहरूमा विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन्।

समितिको पछिल्लो निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा यी ऋणीहरूको नामावली सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।

समितिले साविकमा आफ्नो ऋण पूर्ण रूपमा चुक्ता गरिसकेका तर प्राविधिक वा अन्य कारणवश यस सूचीमा नाम समावेश भएका ऋणीहरूलाई आवश्यक प्रमाणसहित तत्काल कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

यसैगरी, हालसम्म ऋण चुक्ता नगरेका ऋणीहरूलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो दायित्व भुक्तानी गर्न कडा निर्देशन दिइएको छ।

तोकिएको समयसीमा भित्र ऋण चुक्ता नगरेमा कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाई रकम असुलउपर गरिने ब्यहोरा समितिद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *